क्युबाली क्रान्तिका महानायक तथा तत्कालीन राष्ट्रपति कमरेड फिडेल क्यास्ट्रो रुज सन् १९९९ मा गणतन्त्र भेनेजुयलाको भ्रमणका क्रममा काराकास विश्वविद्यालयमा ऐतिहासिक मन्तव्यको दिँदै गर्रदाकाे फाेटाे
 

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् ।

लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार हुनुहुन्थ्यो जसले माक्र्सका विचारहरूलाई अवलम्बन गर्न र तिनलाई महान् तरिकाले लागू गर्न कुनै सङ्कोच मान्नु भएन । परिणामतः पुँजीवादले विश्वमा निम्त्याएको सबैभन्दा ठूलो नरसंहारका बाबजुद एउटा आंशिक रूपमा मात्रै औद्योगीकृत भएको देशको सर्वहारा पार्टी यो ग्रहको सबैभन्दा क्रान्तिकारी र साहसी पार्टी बन्न पुग्यो, जतिबेला इतिहासमा पहिलो पटक ट्याङ्कहरू, स्वचालित हतियारहरू, विमानहरू र विषालु ग्यासहरूले युद्धमा प्रवेश पाए र १०० किलोमिटरसम्म मार हान्न सक्ने ऐतिहासिक तोपहरूले रक्तपातपूर्ण युद्धमा आफ्नो उपस्थिति जनाए ।

त्यो हत्याकान्डबाट लिग अफ नेसन्स सतहमा आयो, एउटा संस्था जसले शान्तिको रक्षा गर्नुपथ्र्यो तर त्यसले अफ्रिका, एसियाको एउटा ठूलो हिस्सा, ओसियाना, क्यारेबियन, क्यानडामा उपनिवेशवाद तथा ल्याटिन अमेरिकामा एउटा घिनलाग्दो नवउदारवादको तीव्र बिस्तारलाई रोक्ने प्रयत्नसम्म गर्न सकेन । केवल २० वर्षपछि युरोपमा अर्को भयानक विश्वयुद्ध सुरु भयो, जसको पृष्ठभूमिमा सन् १९३६ मा सुरु भएको स्पेनीयाली गृहयुद्ध थियो ।

नाजीहरूको बीभत्स पराजयपश्चात् विश्वका राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घलाई आशाको नजरले हेरे, जसले हस्तक्षेप र युद्धहरूको अन्त्य गर्ने प्रयत्न गर्न सहयोग पु¥याउने कोसिस ग¥यो ताकि विश्वका ठुला र साना, धनी र गरिब राज्यहरूले देशमा शान्ति, विकास र शान्तिपूर्ण सहयोग कायम गर्न सकून् । अन्य कामहरूसँगै लाखौँ वैज्ञानिकहरूले छोटो समयावधि भित्रै खाद्यान्न र पानीको अभावले पहिल्यै सङ्कटग्रस्त रहेको मानवजातिको जीवनरक्षाको सम्भावनालाई बढाउन सकून् । अहिले नै पृथ्वीमा हामी ७.३ अरब मानिसहरू छौँ । सन् १८०० मा यहाँ जम्माजम्मी ९७ करोड ८० लाख जति मानिसहरू थिए, जुन सङ्ख्या सन् २००० मा बढेर ६ अरब ७ करोड हुन पुग्यो र परम्परागत आकलनहरूको आधारमा सन् २०५० को अन्त्य सम्ममा यो सङ्ख्या १० अरब पुग्ने छ ।

पक्कै पनि, पश्चिम युरोपमा डुङ्गाभरी आप्रवासीहरू, पानीमा तैरिने कुनै पनि वस्तुमा यात्रा गरेर युरोपियनहरूद्वारा सयौँ वर्षसम्म उपनिवेश कायम गरिएका देशहरूबाट अफ्रिकी आप्रवासीहरूको बाढी आउने कुरा अनौठो छ ।

२३ वर्ष पहिले, संयुक्त राष्ट्र सङ्घको वातावरण तथा विकास सम्मेलनमा मैले भनेको थिएँ, “आफ्नो प्राकृतिक जीवनयापनको अवस्थाको द्रुत तथा बढ्दो ध्वंसको कारणले एउटा महत्त्वपूर्ण जैविक प्रजाति – मानिस – लोप हुने खतरामा छ ।” तर मलाई त्यतिबेला यो थाहा थिएन कि हामी त्यसको यति धेरै नजिक छौँ ।

७० औं महान् देशभक्तिपूर्ण युद्धको वार्षिकोत्सवको अवसरमा, म ती वीर सोभियत जनताप्रति हाम्रो उच्च सम्मानलाई लिपिबद्ध गराउन चाहन्छु, जसले मानवजातिका लागि महान् सेवा अर्पित गरे । आज हामीले रुसी महासङ्घ र विश्वको सबैभन्दा द्रुत गतिमा अघि बढिरहेको अर्थतन्त्रको देश जनवादी गणतन्त्र चीनको बिचमा सुदृढ एकता देखिरहेका छौँ, जुन दुई देशहरूले, तिनीहरूको निकट सहयोग, आधुनिक विज्ञान, शक्तिशाली सैन्यबल र शाहसी सैनिकहरूले विश्व शान्ति र सुरक्षाको शक्तिशाली रक्षाकवच निर्माण गर्दछन्, ताकि हाम्रो प्रजातिको जीवनको रक्षा गर्न सकियोस् ।

शारीरिक तथा मानसिक स्वास्थ्य र ऐक्यबद्धताको भावनाको मान्यता कायम रहोस् । अन्यथा मानवजातिको भविष्य, हामीलाई थाहा भएझैँ, सधैँको लागि समाप्त हुनेछ । २ करोड २७ लाख सोभियत जनता, जसले महान् देशभक्तिपूर्ण युद्धमा मृत्युवरण गरे, तिनले मानवताका लागि, सोच्न पाउने अधिकारका लागि, मार्क्सवादी–लेनिनवादी तथा कम्युनिस्ट हुन पाउनका लागि र अँध्यारा युगहरूलाई त्याग्नका लागि त्यसो गरे ।

(फिडेल क्यास्ट्रोकाे हस्ताक्षर )

मे ७, २०१५, १०ः१४ रात्रीकालीन समय, क्युबा ।

पहिलो पटक मे ८, २०१५ मा ग्रान्मामा प्रकाशित ।

यो पनि पढ्नुहोस्ः समाजवादी भूमण्डलीकरण बारे – क. फिडेल क्यास्ट्रो

(अनुवादः नहेन्द्र खड्का)