Sharad Poudel, Sarad Poudel
 

लेलिन बाजे !
हाम्ले नि काेशित् गरेकै छम्
हामी नि मरिमेटेकै छम्
तिम्रा झैं समाजवादकाे
अझ एक हात अगाडि बढेर
समृद्ध समाजवादकाे गीद् गाएकै छम् ।

बाजेलाई ख्याल हाेस्
तिम्रा झैं याे पछाैटे शताब्दी हाेइन ।
बरू याे त समृद्धिकाे शताब्दी,
संसदबाटै खास्सा समाजवाद आउने शताब्दी ।
पुँजीवादीहरूसँग
साम्राज्यवादीहरूसँग पनि हातेमाले गर्दै
कमनिस्टहरूले हिन्न सकिने
राजकाजमा हालिमुहाली चलाउन सकिने शताब्दी ।

लेलिन बाजे !
आजकाे समय फेरिएकाे छ
अब एकलाैटि कहाँ हुन्छ र ?
मजदुरकाे अधिनायकत्त्व कहाँ हुन्छ र ?
अब त प्रतिस्पर्धा हाे
धनी हाेस् कि गरिप्
मजदुर हाेस् कि मालिक
दलिथ हाेस् कि गैरदलिथ
स्वास्नीमन्छे हाेस् कि लाेउनीमन्छे…
नारिएर दाैड्दा
जाेल्ले जित्छ उई शासख,
उई राजा उई खासा ।

मन सानाे नपार बाजे !
टाइम टाइमकाे बात त र’छ
अहिलेलाई यस्तै भाे
खुर्पाकाे बिँड र सिरखन्न उस्तै भाे ।
बरू, तिम्लाई जनमदिनकाे शुभकामना ।

याे पनि पढ्नुहाेस्ः   एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

याे पनि पढ्नुहाेस्ः  लेनिन हराएको खबर

याे पनि पढ्नुहाेस्ः  भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः  नयाँ समाजवाद – क. शरद पाैडेल

Vladimir Ilyich Lenin, भ्लादिमिर इल्यिच लेनिन
रूसी समाजवादी क्रान्तिका महानायक क. लेनिन