Krishna sen ichchuk, great martyr, revolutionary poet and editor of Janadesh weekly
 

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौं । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरु थिएः पहिलो, नेपालमा सामान्य रुपमा २००६ सालदेखि कम्युनिष्ट आन्दोलन सुरु भएर सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली जनताको संङ्घर्ष अगाडि बढ्दै जाँदा जति पनि बलिदान र सिर्जनाहरु भएका छन्, तिनको संश्लेषण गर्नुपर्छ । विशिष्ट रुपमा २०५२ फागुण १ गतेबाट हामीले सुरु गरेका महान् जनयुद्धको प्रक्रियामा भएको बलिदान र सिर्जनाको संश्लेषण गर्नु , विश्लेषण गर्नु र त्यसलाई स्थापित गर्नु राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय स्तरमा पनि यसलाई स्थापित गर्नु हो । इच्छुक सांस्कृतिक प्रतिष्ठान बनाउने बेलामा मैले पार्टीका तर्फबाट त्यो उद्देश्य राखेको थिएँ ।

दोस्रो उद्देश्यः नेपालको सांस्कृतिक आन्दोलन राष्ट्रिय आन्दोलन हो । यो सांस्कृतिक –राजनीतिक आन्दोलनका क्रममा विभिन्न धारा र प्रवृत्तिहरुमा यो विभाजित पनि छ । त्यहाँ विचार र सङ्घर्ष पनि छ । इतिहासको आवश्यकता यस्तो बनेको छ कि एउटा त्यस्तो सर्जकको बलमा वर्गदुश्मनका विरुद्ध वर्गमित्रहरुको एउटा बलियो मोर्चा बनाउनुपर्ने आवश्यकता छ । यसले इतिहासको लामो कालखण्डको प्रतिबिम्बन गर्दछ । हामीलाई वास्तविक वर्गदुश्मनलाई परास्त गर्न र वास्तविक वर्गमित्रका बीचमा जति बलियो एकताको खाँचो थियो, त्यही बलियो एकता र मोर्चा हामीले कायम गर्न सकेनौ । त्यसले गर्दा जनताको लामो सङ्घर्ष, त्याग र बलिदानका बावजुद पनि अपेक्षित सफलता हामीले हासिल गर्नसकेका छैनौं ।

अहिले राजनीतिक आन्दोलन क्षेत्रमा पनि एउटा नयाँ धुवीकरण, नयाँ एकता र नयाँ रुपान्तरणको आवश्यकता छ । सांस्कृतिक आन्दोलनमा पनि सँगसँगै त्यो आवश्यक छ ।

इच्छुक महान सहिद हुनुहुन्छ । उहाँ नेपाली क्रान्ति तथा नेपाली साहित्यक, सांस्कृतिक आन्दोलनको मात्र नभएर विश्वक्रान्तिको र विश्वसाहित्य तथा सांस्कृतिक आन्दोलनकै प्रतिनिधि पात्र र सबैका निम्ति आर्दश हुनुहुन्छ । कृष्ण सेनका नाममा प्रतिष्ठानको नामकरण गर्दा मैले यिनै दुईवटा उद्देश्य अगाडि राख्नुपर्छ भन्ने ठानेको थिएँ र यसको सुरुवात पनि केही गम्भीरताका साथ भयो । यसले सबैलाई समेट्नेखालका सिर्जना र नयाँ बलिदानको जगमा एकता, धुवीकरण र रुपान्तरणको नयाँ प्रक्रिया सुरुवात गर्ने उद्देश्यसहित यो प्रतिष्ठानको गठनप्रक्रिया पनि अगाडि जाओस् भन्ने हाम्रो गहिरो इच्छा थियो ।

Chairman PRachanda left review online pushpa kamal Dahal प्रचण्ड
अध्यक्ष प्रचण्ड

विभिन्न क्षेत्रमा विभिन्न योगदान गर्ने व्यक्तित्वहरुले प्रतिष्ठानसम्बन्धमा राखेको धारणाबाट पनि इच्छुक सांस्कृतिक प्रतिष्ठानको महत्व र गरिमा धेरै ठूलो छ भन्ने लाग्छ । प्रतिक्रियावादी शासकहरुको विरुद्ध विभिन्न खालका भ्रष्ट प्रतिष्ठानहरुका विरुद्ध जनताको तहबाट बलिदानको बीचबाट एउटा नयाँ आर्दश र नयाँ उद्देश्यप्रति समर्पित मान्छेका नित्तान्त नौलो प्रतिष्ठान बनोस् भन्ने सबैको चाहना देखिएको छ । यस्ताखालका विचार यो प्रतिष्ठानको गरिमालाई ठीक ढङ्गले आगाडि बढाएको छ भन्ने लाग्छ । हामी अहिले इतिहासको अत्यन्त गम्भरि मोडमा छौं । हरेक दृष्टिकोणले इतिहासमा अहिलेसम्म जुन ढंगबाट क्रान्ति र प्रतिक्रान्ति दुवै भएका छन्, हामीले ती सबैको विशिष्ट र गम्भीर ढंगले महसुस गरिराखेका छौं । प्रतिक्रान्तिकारी विचार तथा संस्कृति र क्रान्तिकारी विचार तथा संस्कृति, परिवर्तनकारी – रुपान्तरणकारी विचारका बीचमा द्वन्द्व चलिराखेको छ र एउटा ठूलो कित्ताका रुपमा अगाडि बढ्दैछ । हामी चाहन्छौं, राजनीतिक कित्ता कमजोर बन्दै जाओस् । यो प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ । यो महासमरमा जनताको विजय सुनिश्चित होस् र प्रतिक्रियावादीहरुको पराजय पनि त्यसरी नै सुनिश्चित हुनको निमित्त हामीले नयाँ बहस र नयाँ प्रक्रिया चलाइरहेका छौं ।

इच्छुक सांस्कृतिक प्रतिष्ठान गठन गर्दा हामीले यसलाई पनि त्यतिकै ध्यान दिएका छौं । राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्ति एकआपसमा निश्चित रुपमा अन्तरसम्बन्धित छन्, तर ती दुवै एउटै होइनन् । राजनीतिक क्रान्ति सापेक्षित रुपमा अपेक्षाकृत छिटोछिटो सम्पन्न हुनुसक्छ , उतावचढावमा जानसक्छ, तर सांस्कृतिक क्रान्ति दीर्घकालीन प्रकृतिको, अलि गम्भीर हुन्छ । सांस्कृतिक क्रान्तिसँग नजोडिएको राजनीतिक क्रान्ति अत्यन्त क्षणिक हुनसक्छ । त्यो तुरुन्तै प्रतिक्रान्तिमा परिणत हुने खतरा हुन्छ । सांस्कृतिक क्रान्तिद्धारा रुपान्तरणको प्रक्रियामा जोडिएको राजनीतिक क्रान्ति दीर्घकालीन र स्थायी प्रकृतिको हुने स्वतः सिद्ध हुन्छ । त्यसले एक्काइसौं शताब्दीका सबै प्रतिक्रान्तिहरुलाई परास्त गर्नसक्छ ।यी सबै उदाहरण २० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिले देखाइसकेका छन् । नेपालमा नयाँ राजनीतिक धाराका रुपमा, नयाँ क्रान्तिधाराका रुपमा एउटा विचार नयाँ प्रक्रियाका रुपमा थियो, राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्तिका बारेमा हामी क. किरणसँग पनि छलफल गर्ने गर्दथ्यौं । रुसमा ठूलो राजनीतिक क्रान्ति भयो । त्यसपछि त्यहाँ सास्कृतिक क्षेत्रमा अपेक्षित प्रगति नभएका हुनाले त्यही क्षेत्रबाट प्रतिक्रान्ति पनि भयो । हामी ती सबै चीजहरु अध्ययन गथ्यौं । बोल्सेभिक पार्टीभित्र चलेको दुई लाइन संघर्ष र विचारको संघर्षमा सांस्कृतिक क्षेत्रबाट सबैभन्दा बढी प्रहार भयो । चीनको क्रान्तिका सम्बन्धमा माओ त्सेतुङले सांस्कृतिक क्रान्ति भनेरै विचारको संघर्षलाई क्रान्तिकारी रुपान्तरणका लागि महान् अभियान थालनी गर्नुभयो । ती घटनाहरुबाट हामी के कुरा सिक्दछौं भने राजनीतिक क्रान्तिपछि सांस्कृतिक क्रान्ति होइन , राजनीतिक क्रान्तिसंगसंगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्छ । चीनमा पार्टीभित्रको दुई लाइन सङ्घर्ष र विचारसङघर्षलाई किन परिभाषित गर्नुप¥यो ? किन सांस्कृतिक र क्रान्तिकारी रुपान्तरणमाथि नै प्रहार भयो । हामी चिनियाँ कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा सांस्कृतिक क्रान्तिको नाममा नयाँ राजनीतिक क्रान्ति, नयाँ रुपान्तरणप्रक्रिया अगाडि बढाउनुप¥यो भनेर छलपल गर्दै थियौं । हाम्रो निष्कर्ष के थियो भने सांस्कृतिक क्रान्तिसँग नजोडिएको राजनीतिक क्रान्ति सफल हुन सक्तैन । राजनीतिक क्रान्तिपछि मात्र सांस्कृतिक क्रान्ति गर्ने कुरा सही होइन । राजनीतिक क्रान्तिसँगसँगै सांस्कृतिक क्रान्तिको सुरुवात गर्नुपर्छ भनेर हामीले भन्यौं । गोर्कीबाट सुरु गरेर पुग्दैन हामीलाई लुसुनबाट पनि सुरु गरेर पुग्दैन । हामीले पेकिङ अपेराबाट सुरु गर्नुपर्छ, महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट सुरु गर्नुपर्छ । जनतालाई विचार र राजनीतिक क्षेत्रमा मात्रै नभएर सांस्कृतिक क्षेत्रमा पनि त्यो विचार र राजनीतिकलाई समेट्नु आवश्यक छ । यसले मात्र त्याग र बलिदानका निम्ति तयार गर्नुपर्छ भन्ने सिद्धान्त त्यतिबेलै निकालेका थियौं । जनयुद्धको तयारीकै क्रममा दुवै क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा हामीले रातभरि छलफल गरेका थियौं ।

विचार र राजनीतिक मात्र अघि बढिरहँदा कहिलेकही निरस बन्न पुग्छ । त्यसले जनतालाई आमरुपमा समेट्न सक्दैन । संस्कृतिले यसलाई जीवन्त पार्नसक्छ र सचेत तुल्याउनसक्छ । अनि मात्र जनतालाई महान् आन्दोलनतिर उत्प्रेरित गर्ने, गोलबद्ध गर्ने र महान् बलिदानका निम्ति तयार पार्न सक्छ भन्ने निष्कर्ष त्यतिबेला आएको थियो । इच्छुकसँग हुने बहस र छलफलहरु ,जनयुद्धको तयारी गर्दैगर्दा हुने गरेका बहसहरु , सांस्कृतिक आन्दोलनलाई कसरी लैजाने र जनयुद्धको तयारी,वर्गसङघर्षलाई उचाइमा उठाउनका निमित्त यो क्षेत्रबाट हामी कसरी काम गर्न सक्छौं भन्नेबारेमा रातदिन बहस गर्ने गथ्यौं ।

नेपालमा एउटा नयाँ राजनीतिक धाराका रुपमा,वैचारिक धाराका रुपमा अगाडि आउनको निमित्त यो क्षेत्रलाई नयाँ ढंगले समायोजन गर्न जरुरी छ । अहिलेसम्म जसरी नेपाली कम्युनिष्ट आन्दोलन चल्दै आएको छ, त्योभन्दा अलिकति अगाडि जानु जरुरी छ भन्ने ठान्छौं । जनयुद्धको तयारीको ठूलो हिस्सा हाम्रो सांस्कृतिक क्षेत्रबाट पूरा भएको थियो । अझ त्यसमा पनि मुख्यतः कलाकारहरुबाट । हामीले यो ऐतिहासिक तथ्यलाई मान्नैपर्छ । गाउँगाउँमा हाम्रा कलाकारहरुले जसरी जनतामा हाम्रा विचार , उद्देश्य र प्रविधिलाई सयौं टोलीमा संख्यामा एकीकृत भएर कलात्मक ढंगले प्रस्तुत गर्ने काम भयो , मानिसहरुले काठमाडौंमा बसेर , यहाँका शासक र संसदीय पार्टीहरुले जनयुद्धका लागि हामीले गरेको विकास ग¥यौै । साहित्यकारहरुले,कवि, कलाकारले त्यसलाई नयाँ यथार्थ भनेर परिभाषित गरेक थिए । त्यो नयाँ यथार्थ बनाउने बेलामा सबैखालका विचार र प्रवृतिहरुबारे पार्टी केन्द्रीय समितिमा सौन्दर्यचिन्तनका क्षेत्रमा हामीबीच अन्तक्रिया भयो ।

हामीले सौन्दर्यशास्त्रका क्षेत्रमा अध्ययन गर्ने र संश्लेषण गर्ने प्रतिनिधि पात्र क. किरणलाई पायौं । यसले हामी संश्लेषण गर्न पनि सजिलो भयो । यसकारण हाम्रो युद्ध विशुद्ध युद्ध मात्रै भएन , विशुद्ध फौजीयुद्ध मात्र पनि भएन । त्यो यथार्थमा बन्दुक, कलम र मादलको फ्युजनका रुपमा अगाडि बढेको छ । दुनियाँमा अर्को कुनै पनि तागतले यसलाई परास्त गर्न सक्दैन । हाम्रो अपराजेयताको एउटा कारण सांस्कृतिक रुपान्तरणबारे हाम्रा सोचाइहरु,सांस्कृतिक क्षेत्रमा क्रान्तिसँग जोडिने हाम्रा चिन्तनहरुमा पनि अन्तरनिहित थियो ।

अहिले हामी युद्धमा पूरै विजयी पनि भएका छैनौं । हामीले युद्ध र सङघर्षको मोर्चा अलिकति बदलेका छौं र नयाँ मार्चामा आइपुगेका छौं ।यर्थाथ त्यो मोर्चा दस वर्षको हजारौंको बलिदानीको जगमा खडा भएको नितान्त नौलो मोर्चामा हामी उभिएका छौं र यो मोर्चामा प्रवेश गर्दा पार्टीको नेतृत्वको हैसियतले मैले के सोचेको छु भने हामी जनयुद्धको तयारी गर्दा पनि राजनीतिका विभिन्न धार र प्रवृतिलाई एकै ठाँउमा जुटाएर एकताकेन्द्र बनाएर अगाडि बढ्ने जमर्को गरेका थियौं । सङघर्षका पनि धेरै अप्ठ्यारा मोर्चाहरुमा प्रवेश गरेर संसद्भित्रै गएर हामीले त्यहाँभित्रबाट पनि राजनीतिक क्षेत्रलाई फराकिलो पार्ने र त्यस आधारमा जनमत तयार पार्ने कोसिस गरेका थियौं । दस वर्षको युद्धपछि सांस्कृतिक र राजनीतिक दुवै क्षेत्रबाट अहिले देशमा सामाजिक रुपान्तरणको जुन परिस्थिति तयार भएको छ , त्यो परिस्थितिको जगमा टेकेर नयाँ धु्रवीकरण र नयाँ रुपान्तरण कायम गर्दै लाखौंलाख र करोडौं जनतालाई गोलबन्द गर्दै यो क्रान्तिलाई सफलताको बिन्दुसम्म पु¥याउने उद्देश्यका साथ आएका छौं ।यही उद्देश्यबाट विचलित भयौं भने हामी यहाँ आउनुको औचित्य समाप्त हुन्छ । हामी यहाँ आउनुको विचारधारात्मक र सांस्कृतिक अस्तित्व समाप्त हुन्छ । यदि हामीले नेपालमा सामन्तवाद , साम्राज्यवादका विरुद्ध सिर्जना गर्दै आएका कवि, कलाकार र साहित्यकारहरुलाई एकीकृत गर्न सकेनौ भने अथवा त्यसलाई केन्द्रीकृत पार्नका लागि आफ्नो पहुँच र कदमलाई अगाडि बढाउँदै लगेर सबै सामन्तवाद – साम्राज्यवादविरोधी शक्तिहरुलाई जसरी सम्भव हुन्छ एउटै मोर्चा, एउटै पार्टीभित्र र जोसँग सम्भव हुदैन, तिनीहरुलाई एउटै मोर्चामा एकीकृत गरेर वर्गदुश्मनका निम्ति अन्तिम प्रहार गर्नका निम्ति नितान्त नौलो तरिकाको प्रयोग ग¥यौं ।

हामीले के पनि भनेका छौं भने क्रान्तिको पुनरावृत्ति हुँदैन । पेरिस कम्युनको अक्टुबर क्रान्तिमा सजिलै पुनरावृति भएको होइन । पेरिस कम्युन अर्कै चीज हो र अक्टुबर क्रान्ति चिनियाँ क्रान्तिको पुनरावृत्ति होइन । चिनियाँ क्रान्ति अक्टुबर क्रान्तिभन्दा नितान्त फरक ढंगले विकसित भएको छ । सांकृतिक क्रान्ति जनवादी क्रान्ति होइन । सास्ंकृतिक क्रान्ति क्रान्तिको विकासक्रममा नितान्त नयाँ तरिकाले सम्पन्न भएको क्रान्ति हो ।

इतिहासमा धेरै पार्टी र नेताहरुले क्रान्तिको पुनरावृत्ति गर्ने कोसिसहरु गरे । जसले पुनरावृत्ति गर्ने कोसिस गरे तिनीहरु पराजित पनि भए । ठूलो त्याग र ठूलो बलिदान हुँदाहुँदै पनि उनीहरुले क्रान्तिलाई सफलतासम्म पु¥याउन एउटा सामाजिक रुपान्तरणको प्रक्रियालाई गति दिन सकेनन् । उनीहरु नकात्मक उदाहरण बनेर गए । तपाइंहामीले हे¥यौं भने माओत्सेतुङ जीवितै छँदादेखि थुप्रै घटनाहरु भएको देख्छौं । पुनरावृत्ति पनि गर्न खोजियो । पुनरावृत्तिका प्रवृत्तिहरु देखापर्नु पनि क्रान्तिकै विकासको अनिवार्य नियमभित्रै पर्दोरहेछ । त्यसकारण पुनरावृत्ति गर्न सजिलो मान्छन् । कुनै एउटा देशमा क्रान्ति भइसकेपछि हामीेले पनि त्यसरी नै ग¥यौं भने सफल भइन्छ होला भनेर त्यही तरिका अपनाउनु, त्यही पाटोबाट अगाडि बढ्न खोज्नु मानिसको कमजोरी पनि हो । मानिसे फेरि ज्ञानको उचाइलाई माथि लैजाने, ज्ञान अझ गरिह¥याउने प्रक्रिया पनि हुँदोरहेछ । त्यो घटनाप्रक्रियालाई तपाईहामीले ह¥यौं भने देख्नेछौं– पेरिस कम्युनलाई नक्कल गर्न खोज्ने अथवा अक्टुबर क्रान्तिलाई नक्कल गर्न खोज्ने प्रवृत्तिहरु दोस्रो विश्वयुद्धको वरिपरि पनि देखापरेका थिए ।

चीनको क्रान्तिको विकासको सन्र्दभमा हामीले हेर्ने हो भने सोभियत आन्दोलनभन्दा पछि पनि सोभियत नै गठन गर्ने, त्यहीको विद्रोहकै तरिकाले सहरबजारीभित्रैबाट विद्रोह सुरु गर्ने प्रयास पनि त्यहाँ नभएका होइनन् तर इतिहासले पटकपटक के सावित गरेका थियो भने त्यसरी सुरु गरेको क्रान्ति कहीं पनि सफल भएका छैनन् । ठूलो क्षतिपछि , ठूलो हन्डरपछि त्यहाँ सही नेतृत्व प्राप्त गरेर सही विचारको विकास भयो । त्यो विचारले अलिकति मौलिक ढंगको आफ्ना रणनीति र नीतिको पनि विकास गरेर मात्र क्रान्तिलाई सफलतासम्म लगेका छन् ।

नेपालमा २००६ सालदेखिको विकासप्रक्रिया २०५२ साल फागुण १ गतेबाट सुरु भएको जनयुद्धको विकासप्रक्रियासम्म आँउदा नेपाली क्रान्ति यो विशिष्ट अन्तरराष्ट्रिय परिस्थितिमा सम्पन्न हुँदैछ । नेपाली क्रान्ति जुन विशिष्ट परिस्थितिमा सम्पन्न हुँदैछ, यो क्रान्ति पनि कुनै पनि क्रान्तिको पुनरावृतिका रुपमा सफल हुनेवाला छैन । यो नितान्त नौलो तरिकाले सफल हुनेवाला छ । २१ औं शताब्दी को पहिलो दशकमा जहाँ अहिले क्रान्ति रक्षात्मक देखिन्छ, दुनियाँबाट हेर्दा असफलता र साम्राज्यवादी–पुँजीवादीहरुको एकलौटी हैकमजस्ता देखापर्छ । त्यस्तो परिस्थितिमा नेपाल मात्रै यस्तो देश छ ,जहाँ क्रान्ति सफल हुन्छ ।यहाँका क्रान्तिकारीहरुले,यहाँका पार्टीका नेताहरुले,यहाँका राजनीतिक दलहरुले,सबै सचेत र वर्गसचेतहरुले, नयाँ ढंगले नसोच्ने हो भने हामीले वर्गएकताको आधार पनि भेट्दैनौं । वर्गदुश्मनका विरुद्ध लड्ने आधार पनि भेट्दैनौं । मलाई लाग्छ, हामी जुन मोर्चा आएर लडिराखेका छौं , यो मोर्चा नितान्त नौलो छ । यो मोर्चालाई नबुझ्ने मानिसहरु धेरै पछि पर्नु पनि स्वाभाविक छ किनभने यसमा न चिनियाँ क्रान्तिको नक्कल छ , न त रुसी क्रान्तिको नै । यहाँ हाम्रै जनताका छोराछोरीको वर्गको रगत संश्लेषण गर्न हामी सबैले प्रयत्न गरेका छौं र प्रयत्न गरेका छौं र प्रयत्न गर्नुपर्छ ।

इतिहासले पटक –पटक के साबित ग¥यो भने सर्वहारावादी क्रान्तिकारीहरुको गरेनन् भने प्रतिक्रियावादीहरुसँग साधन र स्रोत जतिसुकै धेरै भए पनि क्रान्तिकारीहरुको विजयलाई कसैले पनि रोक्न सक्दैन । त्यो कुरा १९ औं र २०औं शताब्दीका सबै क्रान्ति हे¥यौं भने स्पष्ट हुन्छ – दायाँबायाँ, तलमाथि जता भए पनि पुँजीवादमाथि सही क्रान्तिकारीहरु विजयी हुन सक्छन् । आफ्नै विचार , आफ्नै संस्कृति, आफ्नै परम्परा र आफ्नै विगतका दास बन्नेहरुलाई पुँजीवादले हराउनु पर्दैन, आफैले हराउँदोरहेछ । आज भोलि यस्तो लाग्छ –नेपाली क्रान्ति, नेपालको परिवर्तन, नेपाली समाजको रुपान्तरण अहिले महान् अवसरको ठाउँमा आइपुगेको छ ।

साँच्चै हामीले नेपालबाट दुनियाँलाई २१ औ शताब्दीमा परिवर्तनको नयाँ विचार र मोडेल सम्भावना पैदा भएको छ । यो एउटा विलक्षण प्रकारको सम्भावना हो । प्रत्येक देशका जनताले सधैं प्राप्त गर्ने क्षण होइन यो, यो विलक्षण प्रकारको क्षण हो । अहिले नेपालमा त्यो छ । यो देशको स्वतन्त्रता र कम्युनिष्टप्रति जनतामा अत्यन्त सकारात्मक धारणा छ । परिवर्तनका पक्षधर जनताले २००६ सालदेखि अहिलेको क्रममा र शक्तिको दृष्टिकोणले हामी अहिले मन्त्रिपरिषद्मा छौं, विधायिकामा, व्यवस्थापिकामा र सडकमा सबैतिर छौं । हामी गाउँ, सहर सबैतिर छौं । प्रतिक्रियावादीहरुलाई चारैतिरबाट घेरा हाल्नसकिने अवस्था संसारको इतिहासमा बिरलै आउने गर्दछ र त्यो सम्भावनाभित्र अहिले हामी छौं । हामी जित्छौं । हामीले जित्नैपर्छ । सँगसँगै यतिबेला ऐतिहासिक अवसर पनि आएको छ –क्रान्तिकारी शक्तिलाई गोलबन्द गर्ने, सबै वर्गदुश्मनका विरुद्ध सबै जनशक्तिलाई एकीकृत गर्ने सम्भावनाहरु पैदा भएका छन् । यो अवस्था ठूलठूला बलिदानको बीचबाट मात्र पैदा हुनेगर्छ । हामी ठूलो बलिदानको बीचबाट आएका छौं ।

क्रान्तिकारीहरुले सिर्जनात्मक ढंगले विचार गर्ने कुरामा ध्यान दिएनन् भने, नयाँ रणनीतिमा ध्यान दिएनन् भने र आफ्नै परम्पराको , हिजोका प्रवृत्तिहरुको , आफ्नै रणनीति र कार्यक्रमहरुको दास बन्ने स्थिति आयो भने क्रान्तिकारीहरुलाई अरुले परास्त गर्नु पदैन, उनीहरुले आफूले आफैलाई पराजित गर्छन् ।

अहिलेसम्म अध्ययन गरेका विषयमा क्रान्ति र प्रतिक्रान्तिका बारेमा मैले बुझ्ने कोसिस गरेको छु,त्यसलाई अध्ययन गर्ने कोसिस गरेको छु । धेरैजसो क्रान्ति असफल भएका छन्, धेरैजसो युद्ध असफल भएका छन् । त्यो असफल हुनेको पछाडि कारणहरु त हुन्छन्, वर्गदुश्मनले दमन–अत्याचार ग¥यो आदि, तर त्यसको अन्तर्यमा गएर हेर्न हो भने देखिन्छ ,नेतृत्वले समाजको नेतृत्व गर्नका लागि आवश्यक विचारको विकास गर्न सकेनन् । नेपाली क्रान्ति सफलतामा पुग्छ वा असफल हुन्छ भन्ने कुरा पनि हामीले अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थितिमा जोखिम उठाएर भए पनि विचारको विकास गरेर क्रान्तिलाई नितान्त नौलो तरिकाले सङ्गठन गर्ने र अगाडि लैजाने संकल्प गर्न सक्छौं कि सक्दैनौं ? यो देश र क्रान्तिलाई देशको सामन्तवादका र साम्राज्यवादविरुद्ध लैजान संकल्प प्रतिबद्धता गर्नुपर्छ । हामी सामन्तवादका दलाल होइनौं भने हामीले आपसका मतभेदलाई एकै ठाउँमा बसेर समाधान गर्न सक्छौं ।

हामीले यसबीचमा युद्ध ग¥यौं । कतिपय मानिसले हामीलाई विशुद्ध फौजी युद्ध मात्रै गरेको होला भनेर पनि बुझेका छन् । त्यसखालका प्रचार र टिप्पणी पनि हामी देख्ने गरेका छौं । तर यो गएको ११ वर्षसम्म विशुद्ध फौजी मात्र होइन, धेरै गम्भीर लडाइँको बीचबाट पनि हामी गुज्रियौं । पछिल्लो चरणमा आएर यी विचार र मतभेदलाई आपसमा छलफल गरेर परिचालन गर्नेबारेमा एकता –सङ्घर्ष– रुपान्तरण भनी माओले सांस्कृतिक क्रान्तिको बेलामा भन्नुभयो । एकता– सङ्घर्ष –रुपान्तरणमा हामीले एउटा शब्द थपेका छौं –एकता –सङघर्ष –रुपान्तरण र मुख्यतः रुपान्तरण । मुख्यतः भन्ने शब्द हामीले थपेका छौं । मुख्य कुरा रुपान्तरण हो किनभने माक्र्सले वैज्ञानिक समाजवादको अनुसन्धान गर्दा उहाँले भन्नुभयो, मानिसहरुले दुनियाँको व्याख्या मात्रै गरे, मुख्य कुरा त यसलाई बदल्नु हो । रुपान्तरण भनेको बदल्नु हो । हामीले भनेको एकता– सङघर्ष– रुपान्तरण माक्र्सवादको त्यही गुदी कुरा हो । हामीले यसलाई बलिदानका सन्दर्भमा, नयाँ स्वरुपमा संश्लेषण ग¥यौं । त्यही मान्यताबाट यहाँसम्म आइपुग्यौं ।

अहिले हामी सास्कृतिक क्षेत्रमा पनि बृहत् मोर्चाको कुरा गर्दछौं । हामी कम्युनिस्ट पार्टीको दृष्टिकोणले पनि बृहत कम्युनिस्ट पार्टीको पनि कुरा गर्दछौं । हामी बृहत् गणतान्त्रिक मोर्चाको पनि कुरा गर्दछौं र दुश्मनलाई कसरी पराजित गर्न सकिन्छ , उनीहरुको कार्यनीति साँघुरो पार्दै लैजाने र हाम्रो कार्यक्षेत्रलाई बढाउँदै लैजाने, अन्तिम विजयका निम्ति तयार हुने भन्नेमा पनि तयारी गदैछौं । यसो गर्दा निश्चित वाटाहरु सजिलो हुँदै जानेछन् । यस्तो अवस्थामा , यहाँसम्म आएपछि धेरै देशका पार्टीहरु र क्रान्तिकारीहरु बाटो सकिनेबित्तिकै एम्बुसमा परेको देखियो । नेपाली क्रान्तिलाई धरापमा पर्न नदिन के विधि हुनसक्छ । पकिनकी हामीले व्रर्भाकोक्रान्ति हे¥यौं । माओ छँदै त्यहाँको क्रान्ति धेरैमाथि पुग्यो र पराजित भयो । हामीले वर्माको क्रान्ति देख्यौं । माथि पुग्यो र पूरै पराजित भयो । हाम्रो नेपाली क्रान्तिको स्थिति पनि त्यस्तै हुने त होइन ? कतै हामी लड्दालड्दै, अगाडि बढ्दाबढ्दै नेपाली क्रान्तिमा पनि त्यही पुनरावृत्ति भयो भने , नेपाल आमाका हजारौं सुन्दर छोराछोरीको ठूलो बलिदानी पछि आएको अवस्थालाई हामीले जोगाउन सकेनौैैं र अगाडि बढ्न सकेनौं भने हामीलाई त्यति ठूलो बलिदान गर्न नेपाली जनतालाई आह्वानन गर्ने अधिकार थियो कि थिएन भन्ने प्रश्न उठ्छ ।

अहिले कृष्ण सेन इच्छुक नेपालको क्रान्तिका रुपमा , धरोहरका रुपमा खडा भइसक्नुभएको छ । इच्छुक साहित्य, कला र संस्कृतिप्रेमीका निम्ति मात्र धरोहर हुनुहुन्छ, उहाँ वास्तवमा राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । कर्हीकतै गड्बडी देखिएमा सङघर्ष गर्नमा पनि त्यतिकै चनाखो हुनुहुन्थ्यो । यदि हामीेले इच्छुकको त्यो महान् बलिदानलाई विश्वव्यापी रुपमा विसतार गर्न सकेनौं भने, हामीले २५० वर्षदेखि गर्दै आएको , साठीदेखि निरन्तर गर्दै आएको र घनीभूत रुपमा क्रान्तिकारीहरुले लाखौं करोडौँ जनतासामु दस वर्षसम्म सामन्तवाद र साम्राज्यवादका विरुद्ध गरेको बलिदानलाई संस्थागत गर्न सकेनौं भने हाम्रो क्रान्तिकारिता विचारको मात्र क्रान्तिकारिता हुन्छ । इच्छुकहरुको बलिदानीबाट निर्मित संस्कृतिलाई , यसको मूल्य र उचाइलाई सम्प्रेषण गर्नु , संस्थागत गर्नु , राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु अनि क्रान्तिको नयाँ गारेटो कोर्नु आजको आवश्यकता ओ । क्रान्तिको पुनरावृत्ति नगरी नयाँ गारेरेटो कोर्ने क्रममा हामीले जस्तोसुकै चुनौतीको सामना पनि गरेका छौं । नेपालको इतिहास जहाँनेर छ, एकता जसरी हुँदैछ, वर्गहरुको राजनीतिक धाराहरुको, सांस्कृतिक धाराहरुको, हाम्रो वर्ग , कित्ता र सांस्कृतिक मोर्चा कमजोर छैन, धेरै शक्तिशाली छ । यसलाई नयाँ आधारमा एकता गर्नु र संश्लेषणका आधारमा आत्मविश्वासका साथ जनतासामु जाने आवश्यकता छ । त्यो स्थिति तयार भएको छ । यो परिस्थिति एउटा निश्चित विचारको माध्यमबाट तयार भएको छ । यो बलिदानको बीचबाट मौलिक विचारसहित तयार भएको छ । हामीले त्यो बलिदानको कदर गर्नैपर्छ । त्यसो गर्न सक्यौं भने २० औं शताब्दी क्रान्ति र प्रतिक्रान्तिमा नबदलिने क्रान्ति हो किनकि हामी क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि नै सांस्कृतिक क्रान्ति सुरुआत गर्दैछौं । यो सांस्कृतिक क्रान्तिको सुरुबाट भोलिको प्रतिक्रान्तिलाई रोक्ने एउटा आधार तयार हुनेछ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले हाम्रो भूमिकालाई एकीकृत गर्नेछ । यो इच्छुकजस्तै वर्गदुश्मनप्रति कठोर हुनेछ र वर्गमित्रहरुप्रति उदार नरम हुनेछ अनि सबैलाई समेट्नेछ । इच्छुक सांस्कृतिक प्रतिष्ठान नेपालमा क्रान्तिको सुरुआत हो ।

(इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रथम राष्ट्रिय भेलाको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले राख्नु भएको यो मन्तव्य कृष्ण सेन ‘इच्छुक’ र नेपालको सांस्कृतिक आन्दोलनको बारेमा संश्लेषण गर्ने सन्दर्भमा अति महत्त्वपूर्ण र सान्दर्भिक देखिएकोले जस्ताको तस्तै प्रकाशित गरेका छौँ – सम्पादक ।)