Bal Shramik bal majdoor child Labour Baglung
 

सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । राष्ट्र संघ १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो। विश्वभर बालबालिकाको हितका खाँतिर अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिँदै आएको छ ।

नेपालमा वि.सं. २०२१ देखि २०६२ सम्म राष्ट्रिय बाल दिवस भाद्र ४ गते अर्थात् तत्कालीन रानी रत्न शाहको जन्मदिनको दिन अर्थात् नेपाल बाल संगठनको स्थापना भएको दिनमा मनाउने काम भयो । राजतन्त्रको अवसानपछि २०६३ बाट भदौ २९ गते मनाउन थालिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र आएको वर्ष २०६३ मा ‘सुनिश्चित बाल अधिकार: समृद्व नेपालको आधार’ भन्ने नारा राष्ट्रले तय गर्‍यो ।

Sitaram thapa Seeta Ram thapa
लेखक

नेपालको राष्ट्रिय दिवस “बाल अधिकारका लागि बाल दिवस” नेपालमा रानीबाट मनाउन थालेको ४२ वर्ष भएछ। यस दिवसमा ४२ वर्षमा कति खर्च करोड खर्च भयो र यही दिवसको कारण कति बाल अधिकार र शिक्षा प्राप्त गरे भन्ने यकिन विश्लेषण मैले कुनै शिक्षाविद्‌बाट पाएको छैन। मैले दुई दशक अधिकारमुखी विकास अभियानमा ग्रामीण भेगमा काम गर्दाको अनुभवमा अनुभवन के छ भने कर्मकाण्डका लागि मनाउँदै आएका यस्ता दिवसले सामान्य प्रभाव बाहेक खासै उपलब्धि हासिल गर्न सकेको छैन ।

बाल दिवस मूलत: बाल बालिकाको अधिकारका लागि मनाउने दिवस हो। बाल अधिकार विश्वव्यापी महासन्धिमा मुख्यत: बाल बचाउ गर्ने अधिकार, बाँच्न पाउने अधिकार, बाल विकास गर्ने अधिकार र बाल सहभागिताको अधिकार विश्वव्यापी रुपमा प्रत्याभूत गरेको छ। नेपालले पनि यही अभिसन्धिमा हस्ताक्षर गरेको छ।

नेपालमा अझैसम्म बाल अधिकारलाई मूल आधार बनाएर नीति, रणनीति, र तदनरूप योजना बनाई क्रियान्वयन गर्ने परम्परा बसेको छैन। रानीको इतिहासमा सीमित बाल अधिकार नारामा मात्र कैद हुँदा उनीहरुको वास्तविक अधिकार स्थापित गर्न राजतन्त्र ढलायर जनताको लोकतन्त्रिक गणराज्य स्थापना गर्दा आजको दिनमा झनै बाल दिवस ओझेलमा परेको दावी गर्न सकिन्छ। जसरी संविधान दिवसका लागि सरकारले तयारी गरी धुमधामले मनाउन खोजिरहेको छ, त्यसैगरी बाल दिवस पनि तीन तहको सरकार, विद्यालय, नागरिक समाज र अविभावकलाई व्यापक परिचालन गरी दिवस मनाइनुपर्ने थियो तर आज यसको ठिक विपरीत भएको तथ्य सत्य हामीसामु छिपेको छैन ।

आज बाल दिवसको दिन कुन पाटोलाई लिएर लेखौँ भनेर सरोकारवालाहरु बिच नियाँले तर सरकारी स्तरबाट साथै अन्तराष्ट्रिय निकाय, गैसस वा कुनै निकायको खासै तयारी र कार्यक्रम देखिएन । बाल दिवसको दिन सञ्चार माध्याम हेरें, खासै कार्यक्रम देखिएन । सञ्चार माध्यममा ओझेल नै परेको पाएँ ।
लेखन क्षेत्रमा हेरें, शिक्षा क्षेत्रका डा. सदानन्द कँडेल लगायतका एकाध लेख बाहेक यो विषयले चर्चा पाएन । राज्यले प्रथामिकता नदिएपछि सञ्चार माध्याममा ओझेल नै परेको पाएँ। उसो त शिक्षाविद्‌ भनेर आफूलाई देखाउने नाम लेखाउने कमी छैनन् । नानाथरीका शिक्षाकर्मीले भरपुर सहरमा शिक्षासमबन्धी आयोग बन्दा सयौँ संख्यामा पदासीनका हुनका लागि लामबद्ध हुन्छन् । बाहिर जिल्ला र विद्यालय धाएँ । केही देखिन ।

घरमा छोरा आज त बाल दिवसको दिन विद्यालयमा बाल मनोविज्ञान सिकाएर पढ्ने वातावरण जगाएर पठाए होला भनेर सोचेको तर ऊ आएर थकित भएँ भन्दै ट्युसन नै गएन । विद्यालयमा टीका लगाएर चकलेट बाँड्ने परम्परागत बिँडो थाम्ने रानीको दिवसमा कुनै फेरबदल आएनछ भनी मनले गमेँ। दिउँसो बाहिर शिक्षा दिवसकै दिन बागलुङ बजारमा जिल्ला समन्वय समितिबाट जिल्ला शिक्षा तथा समन्वय इकाईतिर २ जना बालबालिका ठेला गाडा लिएर बजार चाहिरहेको देखेँ । करिब १३/१४ वर्षका यी बालकहरु कुनै कार्यालयमा समान पुर्‍याएर आएको भान हुन्थ्यो। मैले उनीहरुलाई सोधेर पत्ता लगाएँ, उनीहरु हतारमा थिए । मैले मौखिक अनुमति मागेर फोटो खिचेँ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २०१७ मा मात्रै ५४ लाख पाँच वर्षमुनिका बालबालिकाको मृत्यु भएको छ । सन् २०१५ मा हरेक दिन ८३० जना महिलाहरूले गर्भावस्थाको जटिलताले बच्चा जन्माउने बेला आफ्नो ज्यान गुमाए । युनेस्कोका अनुसार सन् २०१७ मा ६ करोड ४० लाख प्राथमिक विद्यालय जाने उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट बञ्चित रहे । देखेर उदेक लाग्यो, एकातिर ‘रानी बाल दिवस’ बल्झिरहेको लोकगणमा मनमा औडाहा छाएको बेला बाल श्रमिक देख्दा मनमा छटपटी भयो ।

मलाई थाहा छ, दुई दशक सामाजिक अभियन्ता भएर निरन्तर काम गरिरहँदा सबैभन्दा बढी बाल श्रम र शिक्षा क्षेत्रमा विदेशी सहयोगको बाढी र सरकारी साझेदारी हुन्थ्यो । बालबालिकाको अधिकारका लागि अरबौँ सहयोगको बाढी बगाएर नै बाल अधिकारमा रुपान्तरणको यति फड्को मारेको हो । यसका लागि स्थानीय गैसस र समाजसेवी संस्थाहरुको देन उल्लेखनीय थियो । यसले बाल श्रममा धेरै कमी र बालबालिकालाई विद्यालयमा पढाउने कुरा संस्कृतिको रुपमा विकास गरेको छ। यद्यपि बाल श्रम र उचित बाल अधिकारका लागि मनोवैज्ञानिक वातावरण निर्माण गर्न भने सकेको छैन । बालबालिकाको सामाजिक, शैक्षिक, मनोवैज्ञानिक, संवेगात्मक विकासका लागि अहिले जस्तै परम्परागत मनाउने हो भने भौतिक विकासमा मात्र केही होला, तर बाल अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्धिको दिशातिर लैजान सरकार र सरोकारवाला निकाय बेलैमा सजग र सतर्क होऔँ । यसले बाल अधिकारको सुनिश्चितताले मात्रै भविष्यमा ‘समृद्ध नेपालः सुखी नेपाली‘को परिकल्पना साकार पार्नेछ ।