Janayuddha Poster, People's War in Nepal, PW
 

नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने ‘किलो सेरा टु’ र ‘रोमियो अप्रेसन’ चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् ।

debi chandra budha, Deepak budha
लेखक

कालीकोटको लालीघाटमा भारतबाट घर फर्किंदै गर्दा ६ जना बाजुराका सामान्य मानिसहरूलाई गोलीले भुट्ने अपराधीको खोजी गरियोस् ।

बाजुरा जिल्लाको कोल्टि एअरपोर्टको तल दैयाँ भन्ने ठाउँमा २३ जना सर्वसाधारण गाउँलेलाई लाइन लगाएर गोलीले भुट्ने अपराधीहरूलाई जेल चलान गरियोस् ।

बाजुरा जिल्लाको जगन्नाथबाट ६ जना साधारण र एकजना शिक्षक पक्राउ गरी सदरमुकाम भन्दा अलि टाढा खणिगाड भन्ने ठाउँमा लगेर गोलीले भुट्ने अपराधीहरूलाई जेल हालियोस् । सोही जिल्ला पाँण्डुसैनको अँगाउपानीमा राति बसिरहेका ८ जना सर्वसाधारण गाउँले मार्ने अपराधी ख‍ोजियोस् ।

यिनी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । अझै देशैभरि घटेका घटना यो भन्दा कैयौँ ठुला काण्डहरू मच्चाउने अपराधीलाई कार्बाहीको सट्टा बढुवा गर्ने ? तत्कालीन जनयुद्ध घोषणा गरेर निरङ्कुशता अन्त्य एकात्मक शासनको अन्त्य गर्ने (माओबादी) नेता कार्यकर्तालाई मुद्धा लगाउन खोज्ने ? त्यही हो शान्ति सम्झौताको मर्म ?

(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)