कला/साहित्य

काठमाडौँले चिन्न नसकेको मोफसलको त्यो प्रिय तस्वीर

वाशिष्ठ २०७७ भदौ १४ गते आइतवार

काठमाडौँले चिन्न नसकेको मोफसलको त्यो प्रिय तस्वीर

कताबाट सुरु गरूँ ? मनले नलेखिरहन मानेन । आजको होइन, कुरो त कुशे औँशीको दिनको फोटोको हो । सबैले बाबुको मुख हेर्ने दिनमा फोटाहरु पोस्ट्याए । अनि आफूले पनि नुवाइधुवाई गरी बुवालाई स्मरण गरेर खाना खाइयो । बाबु हुने-नहुने सबैले आ-आफ्ना भनाइ राखेको फोटो आयो । मसँग त्यस्तो...बाँकी

बर्मझिया

क. कृष्ण सेन ‘इच्छुक’ २०७७ भदौ ४ गते बिहीवार

बर्मझिया

एउटै रगतको साइनो रहेछ आखिर मेची र महाकालीका साँधहरुमा एउटै वर्गको नाता रहेछ आखिर कमला र भेरीका छालहरुमा एउटै धर्मको उपासना रहेछ आखिर झापा र धनुषाका बलिदानहरुमा एउटै कर्मको आराधना रहेछ आखिर गोर्खा र रोल्पाका अनुष्ठानहरुमा निरन्तर चलिरहेको रक्तिम युद्धमा मिसिसिपीदेखि भोल्गासम्म एउटै रंग छ निरन्तर फैलिएको वर्गीय...बाँकी

कार्ल मार्क्सका केही कविताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३ गते शनिवार

कार्ल मार्क्सका केही कविताहरू

चिकित्साशास्त्रका विद्यार्थीको तत्त्व मीमांसा आत्मा-सात्मा छँदै थिएन कहिल्यै मैमत्त सदा अनुभव नगरीकन, कहिले पनि, कहिले उसको तुच्छ स्वैरकाल्पनिक छ आत्मा पेटमा त खोज्नै सकिन्न उसलाई र, यदि कसैले सत्यसिद्ध नै गरिदिए त्यसलाई अण्ट-सन्ट छूमन्तर गरीदिन्छ गोलीले पनि त्यसलाई फेरि देखिन आउनेछन् आत्माहरु प्रष्फुटित भइरहेको एउटा अन्तहीन प्रवाहमा ।...बाँकी

भगवानहरूको महासम्मेलन

क. त्रिलोचन ढकाल २०७७ साउन ३ गते शनिवार

भगवानहरूको महासम्मेलन

"चार महिना भयो भोकै छु ?" "भोकले मेरो पनि बेहाल छ ?" "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?" तीन जना भगवानको पीडाको आवाज हो यो । भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो । महासम्मेलनमा गहिरो विचार...बाँकी

मेरो प्यारो देश

क. रमेश मल्ल २०७७ असार ६ गते शनिवार

मेरो प्यारो देश

आकाश धर्ती जहाँ सुकै खोज मेरो सगरमाथाको शिरमाथि खोज जहाँ अजर, अटल स्वदेश भेटिनेछ त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ । वीर नेपालीका सन्ततिहरु आफ्नै स्पन्दन छामेर हेर इतिहासका पत्र पत्रमा रगतको गन्ध सुँघेर हेर जहाँ विरताको कथा भेटिनेछ त्यहाँ बलिदानको गाथा भेटिनेछ । हिमाल, पहाड, तराई, मधेस...बाँकी

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

क. छवी सुवेदी २०७७ जेठ २७ गते मंगलवार

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी

परदेशीको क्वारेन्टाइन डायरी

क. छवी सुवेदी २०७७ जेठ १५ गते बिहीवार

परदेशीको क्वारेन्टाइन डायरी

क्वारेन्टाइनमा छु । जिन्दगीमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन । हाम्रो गाउँमा न त कोरोना आउँथ्यो, न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छँदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिएँ । उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने...बाँकी

यस्तो संकट आउँछ

क. शिव अधिकारी २०७७ जेठ ११ गते आइतवार

यस्तो संकट आउँछ

सफा सुग्घर भै आफू बस्नुपर्छ सँधैभरि बिहान उठ्नु सबेरै नुहाउनू सफा गरी हातमुख धुनू फेरी ध्यान योग गरी वरी खाजा नास्ता लिई खाऊँ बनाएर मीठो गरी । धुनुपर्छ सधै आफ्ना लुगाफाटाहरु पनि फोहोर रोगको बस्ती पखाल्नुपर्छ है भनी घर करेसी सफा होस् सँधै सुन्दर राख्नू बाहिरबाट आउँदा हात...बाँकी

जेनीका लागि

क. कार्ल मार्क्स २०७७ जेठ १ गते बिहीवार

जेनीका लागि

१. जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई मेरा गीतहरूको शीर्षक 'जेनीका लागि' हुन्छ किन भनी जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान जब तिमी...बाँकी

ईश्वरको भ्रम तोड

क. सागर कुँवर २०७७ वैशाख २२ गते सोमवार

ईश्वरको भ्रम तोड

ए भाइ ए दाइ ए दिदी ए बहिनी तिमीहरु भ्रमबाट मुक्त होऊ । त्यो मस्जिद त्यो चर्च त्यो मन्दिर त्यो गुम्बा ती सबैले मानवता बचाउन सकेनन् सक्दैनन् र सकेका थिएनन् । त्यो भ्रम मात्र हो ईश्वरको नाममा फाइदा उठाउने भ्रम । सत्ता र स्वार्थका लागि मानवताको नाममा मान्छे...बाँकी

यो देश बन्ला भनी

क. शिव अधिकारी २०७७ वैशाख १८ गते बिहीवार

यो देश बन्ला भनी

के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम । बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी भन्दैछन् जनता अपूर्व छ...बाँकी

पूँजीपतिको आत्मा

क. बलराम तिमल्सिना 'विप्लव' २०७७ वैशाख ६ गते शनिवार

पूँजीपतिको आत्मा

संसारभरका पूँजीपतिको आत्मा जूकाको आत्माबाट बनेको हुन्छ पूँजीपति बन्नासाथ गुमाएर मान्छेको आत्मा तिनीहरू जूकाको आत्मा वरण गर्छन् त्यसैले त ती मान्छे देख्नासाथ टाँसिन्छन् र फटाफट चुस्न थाल्छन् । आत्माबाट पूँजीपतिको दिमागमा पुग्छ जूको र जूकाले जस्तै सोच्छन् ती । ती हेर्दा मान्छेजस्तै देखिन्छन् अझ खास्सा मान्छेजस्ता सुकिला-मुकिला होटिला-मोटिला...बाँकी

लाछी सरीको हुन

क. शिव अधिकारी 'दाह्री' २०७७ वैशाख ६ गते शनिवार

लाछी सरीको हुन

कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी

हेलेन बोलेकलाई लाल सलाम

क. सागर कुँवर २०७६ चैत २९ गते शनिवार

हेलेन बोलेकलाई लाल सलाम

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो  । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी

कमरेड हेलेन बोलेकको सम्झनामा

क. छवी सुवेदी २०७६ चैत २८ गते शुक्रवार

कमरेड हेलेन बोलेकको सम्झनामा

प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरी उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी