kp oli
 

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गर्नुभएकाे छ।

बिहिबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

आज बिहान शीतल निवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि उहाँ दिल्ली लाग्नुभएकाे हाे । प्रधानमन्त्रीसँग उहाँकी जीवन सँगिनी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रका दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल हुनुहुन्छ ।

दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानुहुने बताइएकाे छ।