Mohan vaidya, Mohan Baiddhya, Kiran, Chaitanya,
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न नसक्ने दाबी गर्नुभएको  छ।

१२७ औँ माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट बिहिबार एक सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले सो कुरा बताउनु भएको हो ।

माओ दिवसको अवसरमा विश्व तथा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति पार्टीको तर्फबाट लाल सलाम अर्पण गर्दै महासचिव किरणले यस ऐतिहासिक अवसरमा विशेष उत्सवका रुपमा माओ दिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन सबै पार्टीका कमरेडहरुसित अनुरोध गर्दै सच्चा माओवादीहरुले संशोधनवादलाई नांगेझार नपारी विश्व सर्वहारा क्रान्तिको विकास सम्भव नरहेको पनि उल्लेख गर्नुभएको छ ।

“यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको छ र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो नक्सामा पारेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गरेको वर्तमान सन्दर्भमा कम्युनिस्ट नामको वर्तमान प्रतिक्रियावादी सरकारले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गर्नका लागि कुटनीतिक पहल बढाउनुको साटो अतिक्रमणको देखावटी विरोध गरेर वास्तवमा भारतीय विस्तारवादको चाकडी गर्न गएको छ भने अर्कोतिर अमेरिकी सैन्य रणनीतिको अंश रहेको एमसीसीलाई सदनबाट पारित गर्ने दुष्प्रयास गर्दै अमेरिकी साम्राज्यवादका सामु लम्पसार पर्न गएको छ,” वक्तव्यमा उल्लेख छ ।

CPN REvolitionary maoist, PRess release, mao day