स्वनाम साथी, समाजवाद, कम्युनिस्ट, Swanam Sathi,
 

वैज्ञानिक समाजवादः

पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि ‘मजदुरहरुलाई काल्पनिक समाजवाद हैन, वैज्ञानिक समाजवादको अभ्यास गर्नुपर्छ’ भन्ने कुरा राख्नुभएको छ । त्यतिबेला युरोपका अराज्यवादीहरुले पनि साम्यवादी, समाजवादी व्यवस्थाको पक्षपोषण गरिरहेका थिए, कुनै पनि खालको राज्यसत्ताको बाकुनिन र ब्लाङ्कीहरुले पनि विरोध गर्नुहुन्थ्यो । तर मार्क्स–एङ्गेल्सले साम्यवादी समाजको सुरुवातमा पुरानो राज्यसत्ता ध्वंस गरी सर्वहारावर्गको अधिनायकत्त्वमा केही समय राज्य रहनुपर्छ भन्ने वकालत गर्नु भएको थियो । त्यहीबेला सर्वहारावर्गको अधिनायकत्त्व र वैज्ञानिक समाजवादको कुरा जोडतोडले उठेको हो ।

उहाँहरु साम्यवादी व्यवस्था, कम्युनको हिमायती हुनुहुन्थ्यो । मूल कुरा वर्गविहिन व्यवस्थाको सुरु गर्ने कि नगर्ने भन्ने थियो । सर्वहारावर्गले नयाँ व्यवस्थाको रक्षार्थ नयाँ प्रकारको राज्यसत्ताको प्रयोग, प्रणालीको प्रयोग गर्ने जसलाई उहाँहरुले सर्वहारावर्गको अधिनायकत्त्व भन्नुभयो । सामन्ती या पुँजीवादी राज्य व्यवस्था भन्दा भिन्न कुरा उठाउनुभएको थियो, जसलाई लेनिनले १९१७ को मार्चमा लेखिएको परदेशबाट पत्र (लेटर फ्रम अ फार) मा पनि उल्लेख गर्नुभएको छ । ‘वैज्ञानिक समाजवाद सर्वहारावर्गको अधिनायकत्त्व अन्तर्गत काल्पनिकभन्दा भिन्न, अराज्यवादीहरुभन्दा पनि फरक तवरले चलाउने’ भन्ने सन्दर्भमा प्रयोग गर्नुभएको थियो ।

यहाँनेर प्रष्ट हुनुपर्ने कुरा के छ भने समाजवाद कुनै अलग्गै चरण थिएन उहाँहरुको विचारमा । यो साम्यवादी व्यवस्था या कम्युनहरुको निर्माण क्रमको प्रारम्भिक चरण मात्रै थियो, स्थायी व्यवस्था होइन । यस अर्थमा हामी समाजवादी होइनौँ, कम्युनिस्ट हौँ । हाम्रो व्यवस्था पनि कुनै समाजवादी व्यवस्था होइन, साम्यवाद, कम्युनको संसार बनाउने र त्यो अहिले र यहीँबाट सुरु गर्ने हो भन्ने नै थियो । यो साम्यवादको पाइला त हो, सुरुवात त हो तर गन्तव्य होइन । बरु नयाँ जनवाद समेत साम्यवाद अन्तर्गतको पाइला हो ।

हरेक समाज, मानव समाज सबै खाले चरण/युग/व्यवस्थाबाट गुज्रन्छ नै या गुज्रनै पर्छ भन्ने अनिवार्य छैन । पेरिस कम्युनपछि अहिले उपलब्ध ज्ञान, वुद्धि, प्रविधि, गरिमा र प्रतिभाले पुँजीवादी प्रक्रियाबाट अहिलेको समाज गुज्रनै पर्छ भन्ने छैन । हामी सिधै साम्यवादमा जान सक्छौं । साम्यवाद न त कुनै गनतव्य हो, न त यात्रा मात्रै । यो त वर्गीय वन्धनहरुबाट मुक्तिको सवाल हो । साम्यवादको सुरुवात अहिले र यहीँ नै व्यक्तिगत, सामुहिक र सार्वजनिक तहमा सम्भव छ । सम्झौताको चरणमा समाजवाद, नयाँ जनवाद, वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ला । त्यो बेग्लै कुरा हो ।

विज्ञान केलाई भन्ने ? वैज्ञानिक केलाई भन्ने ? कुनै कुरा वैज्ञानिक हुनलाई के के कुरा हुनुपर्छ ? साक्ष दसी प्रमाणले सावित नगरिकन कुनै पनि कुरा वैज्ञानिक ठहरदैन । प्रदत्त शर्तहरु भित्र बारम्बार उस्तै नतिजा आउने प्रकृया र परिणामलाई वैज्ञानिक भनिन्छ । जुन तथ्यहरुलाई गलत अथवा सही सावित गर्न सकिदैन, त्यो विज्ञानमा पर्दैन । यो नियम समाजवाद र साम्यवादमा पनि उत्तिकै लागु हुन्छ ।

त्यतिबेलाको रुसी समाजमा दासानुदास मजदुरहरु, भुदासहरु र कृषकहरुको व्यापकतामा पहिलो महायुद्धले जर्जर, भाेकमरी, हिम, हुरी माझ अक्टाेबर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टोबर क्रान्तिपछि लेनिनले सानो बालकलाई देखाउँदै ‘बिस बर्षमा यो बालक साम्यवादी व्यवस्थामा जिउँछ’ भन्नु भएको थियो ।

उहाँले त्यसलाई व्याख्या गर्दै समाजको विकासका चरणहरुलाई व्याख्या पनि गर्नुभएको छ –

‘इतिहासले के देखाउँदछ भने भिन्ना–भिन्नै बेलामा मानिसहरु भिन्ना भिन्नै विचार तथा इच्छाहरुबाट अभिप्रेरित रहेका थिए । त्यसको कारण के हो भने भिन्ना भिन्नै बेलामा मानिसहरु आफ्नो खाँचोको पूर्ति गर्न भिन्ना–भिन्नै ढङ्गबाट प्रकृतिसित लडेका थिए र तद्अनुसार, उनीहरुका आर्थिक सम्बन्धहरुले भिन्ना–भिन्नै रुपहरु लिएका थिए ।

कुनै बेला मानिसहरु प्रकृतिसित सामूहिक रुपले, आदिम साम्यवादका आधारमा लडेका थिए । त्यसताका उनीहरुको सम्पत्ति साम्यवादी सम्पत्ति थियो । यस्तो एक बेला आयो, जब मेरो र तेरो को भेदले उत्पादनको प्रक्रियामा प्रवेश गर्यो । त्यसबेला सम्पत्तिले पनि निजि, व्यक्तिवादी चरित्र धारण गर्यो र त्यसबेला मानिसहरुको चेतना नीजि सप्पत्तिको भावबाट ओतप्रोत रह्यो । अनि यस्तो समय, वर्तमान समय आयो, जब उत्पादनले फेरि सामाजिक चरित्र धारण गर्दैछ र त्यसैले सम्पत्तिले पनि चाँडै नै सामाजिक चरित्र धारण गर्नेछ र त्यही कारणले गर्दा मानिसहरुको चेतनामा बिस्तारैसित समाजवादबाट अभिप्रेरित हुँदैछ (स्टालिन, सर्वहारा समाजवाद) ।’

राजनीति यो दुनियाँमा मुख्यतः वर्गहरु उत्पन्न भएर राज्यको सुरुवात भएपछि निस्केको नयाँ धन्दा हो । आधुनिक मानवको अस्तित्त्व ३ लाख पचास हजार वर्षको रहेको छ । यो वर्गीय पार्टीगत राजनीति फ्रान्सेली राज्य क्रान्तिपछि भित्रिएको पेशा हो । हरेक वर्गहरुले आफ्नो हित रक्षार्थ पार्टीहरु खडा गर्ने गर्दछन् । वर्गीय दुनियाँमा सर्वहारा वर्गले आफ्नो वर्गको हित रक्षार्थ पार्टी उभ्याउने गरिएको हो । समाजवादी वा मजदुर वा कम्युनिस्ट पार्टी त्यसकै उपजको रुपमा अघि आएको हो । वर्गहरु नभएपछि, वर्गहरुको स्वार्थ रक्षा गर्ने वाध्यता रहन्न र राजनीति पनि रहन्न । वर्गविहीन वैज्ञानिक समाजतन्त्र वा साम्यतन्त्रमा राजनीति भन्ने पेशाको आवश्यकता रहन्न । वर्गहरु पनि रहन्न र पार्टीहरु पनि रहन्नन् । रहँदैनन् भन्दा पनि तिनको आवश्यकता नै पर्दैन । पार्टी चाहिने जे कामका लागि हो, त्यो कामबाट निकै अगाडि पुगिसक्छ, समाज र त्यहाँ पार्टीहरु अस्तित्वविहीन हुनेछन् । त्यहाँ राजनीति सुन्दर विगतको स्मृति मात्र बन्छ ।

त्यस्तै साम्यवाद वा वैज्ञानिक समाजवादमा संस्कृतिहरु पनि साँचो अर्थमा मानवीय संस्कृति बन्छ । सबै खालको वर्गीय संस्कार, व्यवहार, रीतिरिजाव, चालचलनका चाडपर्वहरु जे जति आवश्यक हुन्छ ती सबै मानवीय चाडपर्व, संस्कृतिका रुपमा विकसित हुन्छन् । साम्यवाद निकट भविष्यको जरुरी रुप र गतिशील दिग्दर्शक विचार हो, परन्तु साम्यवाद श्रमकै मानव विकासको लक्ष्य, मानव समाजको रुप होइन । पुँजीवादी समाजमा अतितले वर्तमानमा शासन गर्दछ । साम्यवादी समाजमा वर्तमानले अतितमाथि शासन गर्दछ भनेर महान गुरु मार्क्सले यसको महत्त्वबारे हाम्रो उचित ध्यानाकर्षण पनि गराउनुभएकै छ ।

नेपालको सन्दर्भमा हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिमका नेपाली समाजका सन्दर्भमा वैज्ञानिक समाजवाद भनेको के हो र त्यसले कसरी अनेकखाले विभेद, बहिस्करण, भेदभाव, जातभात, छोइछिटो, दमन, उत्पीडन, शोषण र शासनमा परेका समुदाय र वर्गलाई सम्वोधन गर्छ भनेर हामीले विमर्शहरु चलाउन र बुद्धिलाई सचेततापूर्वक सक्रिय गराउन जरुरी देखिन्छ । भूकम्पले आठ लाखभन्दा धेरै घरहरु विनास भएको छ । बाढीले हजारौं मानिसहरुले ओत र उत्पादन गुमाएका छन् । समाजमा भेदभाव, बलत्कार, शोषण, अत्याचारको ग्राफ उकालो लागिरहेको छ । मधेसको मामिलामा, महिला, कथित दलितको मुसहर, चमार, डोम इत्यादिको मामिलामा वैज्ञानिक समाजवाद के हो ? जुम्ला–हुम्लामा वैज्ञानिक समाजवाद कसरी हुने ?

मनुवाद, कथित ब्राम्हणवाद र प्राचीन रुढी रीतिरिवाजले ग्रस्त भएको समाजलाई कसरी सम्बोधन गर्छ वैज्ञानिक समाजवादले ? सामन्ती संस्कृति, पुँजीवादी या साम्राज्यवादी संस्कृतिले जसरी संक्रमित गरेको छ समाजलाई, त्यस विषयमा कसरी हल खोज्छ वैज्ञानिक समाजवादले ? खोलाको किनारमा जिन्दगी गुजारेका, मजदुरीमा विदेश लागेका लगभग ५० लाख श्रमिकहरुलाई वैज्ञानिक समाजवादले कसरी छुन्छ ? विदेशिएका युवाहरुको, श्रमशक्तिको कारण गाउँघर उजाड र बाँझो हुन थालेको छ । खलबलिएको सामाजिक सन्तुलन आजको परिवेशमा, अवस्थामा वैज्ञानिक समाजवादी क्रान्तिका सारथीहरु को हुने हो या त्यो यात्राका हाम्रा यात्रीहरु को हुने हो ? श्रमको समेत विश्वव्यापीकरण भैरहेको अवस्थामा वर्ग संघर्षका शक्तिहरु अन्यत्र तितरवितर हुन पुगेको छ । यस बुर्जुुवा संविधान निर्माणको बेला पाँच महिनाको नाकाबन्दी लगायत अन्य हस्तक्षेप हेर्दा नेपाल मात्रैको वैज्ञानिक समाजवादी यात्रा दुश्कर हुने यथार्थ पनि छ ।

पुँजीवादलाई फालेर अघि बढ्ने सन्दर्भमा उ बेला कमरेड लेनिनले सम्भावना, शक्ति, साधन र समस्याहरुबारे गराउनुभएको सचेततालाई अलिकति ध्यान दिनु उचितै हुनेछ –

‘पुँजीवादबाट साम्यवादमा संक्रमणले एउटा पूरै ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । यो युग नसकिएसम्म शोषकहरु अनिवार्य रुपले पूनस्र्थापनाको आशा राखिराख्छन् र सो आशा पूरा गर्न उनीहरु पूनर्स्थापनाको प्रयत्नमा लाग्दछन् । सत्ताच्यूत शोषकहरुले आफू सत्ताच्यूत होला भनेर आशा गरेका थिएनन् । त्यसैले, जब उनीहरुको पहिलो गम्भीर पराजय हुन्छ, तब उनीहरु आफ्नो गुमेको “स्वर्ग” फर्काउनका लागि आफ्ना परिवारहरुको तर्फबाट दस दोब्बर शक्तिका साथ, सय दोब्बर भयानक जोश र घृणाकासाथ लडाइँमा उत्रन्छन् । पहिले रमाईलो र सजिलो जीवन बिताइरहेका आफ्ना परिवारहरुलाई दुर्दशा, अभाव र “साधारण नरनारीहरु”को जस्तो श्रम–यातनाबाट जोगाउन उनीहरु सारा शक्ति लगाएर लड्छन् । निम्न–पुँजीपति वर्गका व्यापक समूहहरु पुँजीवादी शोषकहरुको पछि लाग्छन् । यी समुदायहरुको सम्बन्धमा सबै मुलुकहरुको दसौं बर्षको ऐतिहासिक अनुभवले के सिद्ध गरेको छ भने उनीहरु ढुलमुल रहन्छन् र हिच्किचाउने गर्दछन्, एकदिन सर्वहारावर्गको पछि लाग्दछन् भने अर्कोदिन क्रान्तिका अप्ठ्याराहरुदेखि डराउँदछन्, उनीहरु मजदुरहरुको पहिलो पराजय वा अर्धपराजय देखेर भयभीत हुन्छन, होस गुमाउँदछन, विना उद्देश्यले यताउता भाग्न थाल्छन् र एक शिविरबाट अर्को शिविरमा जान्छन् (लेनिन संकलित रचनाहरु, भाग ३५, पृ. ३५५) ।’

के हामीले यस विषयमा विना आग्रह खोजी, छानबिन, जाँचबुझ र बहसहरु अघि बढाउन अब ढिला हुन लागिसकेको छैन र ?

अहिले विश्वव्यापीकरणको चर्को रापले नेपाली समाज पनि डामिएको छ । औधोगीकरणको चरमका कारण चीन र भारतको हावा, पानी र जमिन विशाक्त भैसकेको छ । हावापानीमा मिसिएर असी हजार भन्दा बढी विषादिहरु आउँछन् र मानव स्वास्थ्यमाथि सीधै हमला बोल्छन् । यसको हल कसरी गर्छ वैज्ञानिक समाजवादले आजको सन्दर्भमा ?

कम्युनिस्टहरूबारे ः

कम्युनिस्ट भनेको के हो ? सामन्ती, पुँजीवादी, सर्वहारावादी र साम्यवादी भनेको के हो ? त्यसका भेदहरु के के हुन् ? तिनलाई चिन्ने, जान्ने कसरी हो ? को कसरी सामन्ती हुने, के के हुँदा सामन्ती र के के हुँदा पुँजीवादी या सर्वहारा या के के नहुँदा सामन्ती, पुँजीवादी या सर्वहारा वा कम्युनिस्ट हुने या नहुने हो ? कसैले कम्युनिस्ट नाम राखेर पार्टी चलाउँदैमा र त्यो पार्टीको सदस्यता लिएकै भरमा कम्युनिस्ट भइन्छ ? त्यसका आधारहरु, न्युनतम् गुणहरुबारे सचेत हुन अभ्यास गर्न र जनतामा चेतना अघि बढाउन कसरी अघि बढ्नुपर्ने हो ?

के वर्गीय दुनियाँमा निवर्गीय मानिस हुन सकिन्छ ? के कम्युनिस्टहरुको पार्टी हुन्छ ? के हामी आफैैले आफैसँग सोध–खोज गर्न, घोत्लिन र सँगै बसेर मन मिल्ने पुराना मित्र झैँ मित्रालाप गरी उत्तर खोज्न सक्छौँ ?

राजनीतिको पनि, कुन राजनीतिको कुरा गर्ने हो ? कम्युनिस्टको राजनीति हुन्छ कि हुँदैन ? वैज्ञानिक समाजवादमा राजनीति हुन्छ कि हुँदैन ? या कस्तो राजनीति हुने हो ? कम्युनिस्टले पार्टी बनाउने कि नबनाउने ? कार्ल मार्क्सले त कम्युनिस्टहरुलाई ‘अलग कम्युनिस्ट पार्टी नबनाउन र मजदुरहरुको पार्टीमा प्रवेश गरेर काम गर्ने’ भन्नुभएको छ । लेनिनले अप्रिल थेसिस भन्ने लेखमा अन्य समाजवादीहरुभन्दा पृथक हुन बोल्सेविक पार्टीको सामाजिक जनतन्त्रवादी नामको सट्टामा कम्युनिस्ट नाम राख्ने प्रस्ताव गर्नुभयो र संसारभरीका मजदुर पार्टीहरुले आफ्नो नाम कम्युनिस्ट राख्न थालेका हुन् ।

डेलिगेट्सहरु वा प्रतिनिधिहरुको समितिलाई ‘सोभियत’ भन्ने हो । प्रतिनिधित्त्वपूर्ण समाजवादकै विषयमा पनि कसैले कसैको प्रतिनिधित्व कति, कसरी गर्न सक्छ कि सक्दैन भन्नेमा पनि हामीले विमर्श चलाउन जरुरी छ । तपाईंको वारेश हुन सक्ला तर प्रतिनिधि कति होला ? वैज्ञानिक समाजवादमा प्रतिनिधि लोकतन्त्र कति ?

हाम्रा लागि, हाम्रो मामिला, हामी आफैले हल गर्ने भन्ने कुरा हो, हामीले सरल तरिकाले बुझ्ने कम्युन

याे पनि पढ्नुहाेस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी

याे पनि पढ्नुहाेस्ः  अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव – क. हाे कान च

याे पनि पढ्नुहाेस्ः नयाँ समाजवाद – क. शरद पाैडेल